हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

दीपवाणी : जब आउँछ बैशाख १२

हामी फगत प्रतिक्रियावादी हौँ
हामी फगत
‘प्रति–क्रियावादी हौँ
कहिल्यै ‘क्रिया’ गर्न नसक्ने
अर्कैले क्रिया गरेपछि
नौँटङ्की गर्ने घोर प्रतिक्रियावादी हौँ
टिम्बा सिरक ओडेर
महिनौँ महिनासम्म निदाउने कुम्भकर्ण हौँ
रक्सीले खाएर सडकमा लडिरहेको रक्स्याहाजस्तै
जब आउँछ बैशाख १२
जब कोपरिन्छन् लिपुलेकहरू
जब हुन्छ नाकाबन्दी
तबमात्र चिरनिद्राबाट ब्युँझेजस्तै स्वाङ् पारेर
पिलिक्क आँखा उघारेको नाटक गर्ने खलनायक हौँ ।
हो, हामी अल्पायुमै मरिसकेका
तर अन्तिक श्रद्धाञ्जली दिएर
चितामा मात्रै चढाउन बाँकी
६० वर्षदेखिका मूर्दा हौँ 

Advertisement

दिपक खनाल 

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)