समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आमाको किरिया गर्न हिडेकालाई बाटोमा रोकी दिएकोमा आपत्ति

सम्बाददाता l भद्रपुर / आमाको देहान्त भएको खबर पाएपछि गृहमन्त्रालयको पास लिएर काज किरिया गर्न नातेदारहरु समेत घर हिडेका परिवार लाई बाटैमा रोकेर जान नदिएपछि पाँचथरको राँके बाट इलाम फर्किनु परेको छ । पाँचथरको फालेलुङ गाउँपालिका वडा २ पञ्चमुखीका भगिराज राई आमाको देहान्त भएको खबर पाएर इलामको महमाई नगरपालिकामा बस्दै आएका उनि काज किरिया गर्न घर हिडेका थिए । कोरोनाको महामारीका कारण भएको लकडाउनमा गृहमन्त्रालयको पास लिएर भगिराज भाउजु, सासु आमा र नानीहरु समेत नौ जनाको पास लिएर गाडी रिजर्भ गरी आमाका अन्तिम संस्कारका लागि हिँडेका थिए ।

Advertisement

रातरात रिजर्भ गाडिमा पास लिएर फालेलुङ २ पच्चमुखि गाउँ जाँदै गदा गाउँपालिका अध्यक्ष तिल बहादुर खत्रीले पाँचथरको राकेमै रोक लगाएर अगाडि बढ्न नदिएपछि उनि आमाको अन्तिम संस्कारमा पुग्न पाएरनन् नै घर पुगेर काज किरिया गर्न बाट समेत बञ्चित भएका छन् । बैशाख २६ गते शुक्रबार भगिराज राइकी ६५ बर्षिया आमा रामबुङ राइको निधन भएको थियो । राइका तिन जना छोराहरु दुइ जना वैदेशिक रोजगारको सिलसिलामा मलेसिया रहेको र भगिराज इलामको महमाइ नगरपालिकामा बस्दै आएको थिए ।

Advertisement

गृहमन्त्रलयको पास भएर पनि गाउँ जान नपाएकोले पाँचथरको राँके बाट रातको १२ बजे इलाका नातेदार सहित फर्कन बाध्य हुनुपरेको दुःखीत हुँदै भगिराजले बताए । उनले भने ‘म आफै बिरामी थिएँ, सासु आमा पनि बिरामी नै हुनुहुन्थ्यो बिरामी भएपनि एक रात क्वारेन्टाइनमा बसेर आमाको अन्तिम दहा सस्कार सामाजिक दुरि कायम गरेर नै गर्ने भन्दा पनि सुनवाई भएन् ।’

गाउँकै राजनीतिक अगुवा र आफ्नो गाउँ समाजको निर्णय अनुसार दहसस्कार गर्ने अनुरोध गर्दा पनि अध्यक्ष खत्रीले असामाजिक र अमानविय व्यवहार गरेकोमा भगिराजले क्षेभ प्रकट गरे । राँकेको प्रहरी प्रसासनले गाउँमै फोन गरेर एक रात लाई दहा सस्कारको लागि सहज बनाइ दहसस्कार गरी फर्किने सर्तमा घर पुग्न दिने भन्दा खत्रीले हुकुमी शासन चलाएको उनले आरोप लगाए । अध्यक्ष तिल बहादुर खत्रीले भने क्वारेन्टाइनमा बस्नु पर्ने भएकोले उनिहरु फर्केको जिकिर गरे । मृतकका छोरा लाई गाउँ जान नदिएपछी भगिराज राइकै काका जितबहादुर राई काज किरियामा बसेका छन् । c अब मैले के गर्ने ? फालेलुङका जनप्रतिनिधि राजनीति दल, संघ संस्थाहरुले जवाफ दिनुपर्यो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article