साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कबिता : रोगी जीवन र सरकार ?

के फरक छ र… अहिले,गरीब जीवन र…. सरकारमा  ?
गरीब बस्छ….आफ्नो आकारमा,
सरकार पनि…. त्यस्तै प्रकारमा  !!

Advertisement

गरीबहरु…. पिउदैन पानी ?
उसको किडनी र….मुटु बिग्रन्छ  !
देशले हेर्दैन….नदीनाला,
उसका ….आयस्रोत हरु सुक्दछ  !!

Advertisement

गरीब फुको ….पेट टाल्नरु
घाम र कामले…. सक्दैन !
देशले चन्दा ….माँगेर पाल्छ,
बजेटहरु ….अंगाल्न सक्दैन  !!

गरीबका नशा ….नशाहरु सुक्छन ?
डक्टर बिना अंगहरु ….संभाल्न सक्दैन !
सरकारका अंगहरु…. पनि त्यस्तै ?
चलेर पनि…. चल्दैन !!

गरीब बाँच्छन्….रोगीको भरमा,
डक्टरले उसलाई…. पखाल्न सक्दैन ?
देश उस्तै ….जनताको भरमा,
टरेर पनि….टाल्न सक्दैन  !!

ए रोगी जीवन र …ए सरकार ?
तिमीहरूलाई कसैले ….बुद्धि हाल्न सक्दैन  ?
लगाउ प्रितमितको ….कहानी अंगाली,
तिमीहरूलाई जनताले …अब पाल्न सक्दैन !!

जोगेन्द्र प्रसाद राजवंशी
कचनकवल-३, दल्की झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article