साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कबिता : जन्जिर-बिना रोका

बिना रोका

म सहिद बनेको हुँ आमा
तिम्रै रक्षार्थ
म बाँचेको हुँ आमा
तिम्रै सुरक्षार्थ

Advertisement

तिम्रो मुखमा पट्टी
खुट्टामा जन्जिर
मुढा झैँ हलचल
म कसरी हेरुँरु

Advertisement

आज मेरो खुकुरी
सत्यता खोजिरहेछ
आमामाथि धावा बोल्नेको
माथ खोजिरहेछ

अमरसिंह , बलभद्र
तिम्रै सन्तान
तिम्रै रगतले
छचल्किएर हामी
स्वाभिमान र
स्वतन्त्रताका लागि
आमा तिम्रो गर्भमा
बसि सकेको छु

म आउँछु , अवस्य आउँछु
तिम्रो जन्जिर फुकाल्न
अवस्य आउँछु आमा ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article