हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

को हुन् तब्लिगी जमात ?

 सुरु गरौं पाकिस्तानी शायर सैयद सल्मान गिलानीको एक चर्चित कथनबाट । पाकिस्तानमा एउटा तब्लिगी जमाती चिल्ला (यात्रा) पूरा गरेर घर फर्केपछि पत्नीलाई पिट्दै गरेको अर्को एक व्यक्तिले देखेछ र भनेछ, ‘मुर्ख, भर्खर धार्मिक यात्रा गरेर आएका छौ, श्रीमतीलाई पिट्दैछौ ? यही सिक्यौ जमातमा ?’ झन् चिढिँदै उसले भनेछ, ‘यसले दाह्री राख्दिन ।’

Advertisement

अवाक् भएर त्यो व्यक्तिले भनेछ, ‘बेवकुफ ! महिलाको दाह्री कहाँ हुन्छ?’ श्रीमानले भनेछ, ‘हो त्यो त थाहा छ महिलाको दाह्री हुँदैन। तर, इरादा त गरोस्, इरादा गर्न के ले छेकेको छ र?’

Advertisement

यसबाट के थाहा हुन्छ भने तब्लिगी जमातमा हिँड्नेहरु इरादामा बढी विश्वास गर्छन्।अर्थात् उनीहरुको सोच हुन्छ– जो कोहीले जुनसुकै उद्देश्यका लागि इरादा गरोस्। मूलतः इरादाले उपलब्धि हात लाग्छ भन्ने शतप्रतिशत विश्वास हुन्छ जमातीमा। त्यसैले नयाँ व्यक्ति भेट्न बित्तिकै उनीहरुको प्रस्ताव हुन्छ– अल्लाहका लागि यात्राको इरादा गर।

तब्लिगी जमातको इतिहास:

तब्लिगी जमातको स्थापना सन् १९२६ मा भएको हो। सामान्यतया तब्लिकको अर्थ धर्मको प्रचार हो भने जमातको अर्थ समूह। यसको स्थापना भारतको हालको दिल्ली नजिकै भएको मानिन्छ। तब्लिगी जमातका संस्थापक हुन् मौलाना मोहम्मद इलियास। उनी भारतीय नागरिक हुन्। तब्लिगी जमातको पहिलो सम्मेलन सन् १९४१ मा भारतमै भएको थियो। उक्त सम्मेलनमा २५ हजार मुसलमान सहभागी थिए। सन् १९४० को दशकसम्म तब्लिगी जमातको समूह भारतमा मात्र सीमित थियो।

पहिलो सम्मेलनपछि यसको विस्तार सुरु भएको देखिन्छ। भारतबाट पाकिस्तान, बंगलादेश, अफगानिस्तानलगायतका दक्षिण एसियाली मुलुक हुँदै यो समूह एसिया, युरोप, अमेरिका र अफ्रिकी मुलुकहरुमा पुगेको हो। अहिले विश्वका करिब १५० देशमा यो समूह छ। तब्लिगी जमात विश्वमै ठूलो संस्था (समूह) का रुपमा परिचित छ। नेपालमा पनि यो समूह करिब ६० को दशकदेखि सक्रिय छ।यो विशुद्ध आस्थावानहरुको समूह हो। इस्लाम भित्रकै एउटा समूह हो जो इस्लामका तौर–तरिकालाई स्थापित गर्न र समाजलाई गलत बाटोमा जान नदिन तल्लिन छ।तब्लिगी जमातले हरेक वर्ष ठूला सम्मेलन आयोजना गर्छन्, जसलाई भनिन्छ इज्तिमा। दक्षिण एसियाली मुलुकसहित विश्वका विभिन्न विकसित र विकासोन्मुख देशहरुमा पनि यस्तो सम्मेलन वर्षमा धेरैपटक आयोजना हुन्छन्। यसपटक नेपालको सप्तरी, बोदेबर्साइन गाउँपालिकाकाको जाँजरमा पनि यस्तो सम्मेलन भएको थियो फागुन पहिलो साता। उक्त सम्मेलनमा पाकिस्तान, मलेसिया, इण्डोनेशिया, सिंगापुर, थाइल्याण्ड, भारतलगायतका मुलुकबाट तब्लिगी जमात सहभागी थिए। नेपालबाट पनि धेरै जिल्लाका मुसलमान सहभागी थिए। यस्तो सम्मेलनमा पनि इस्लामका आस्था र उसका तौर तरिकाबारे बहस हुन्छ।

उद्देश्य के हो?

तब्लिगी जमातको प्रमुख उद्देश्य इस्लाम धर्मालम्बीहरुबीच इस्लामको सही शिक्षा विस्तार र आस्थालाई पुनर्जीवन गर्नु हो। जो जन्मजात मुसलमान छन् वा जसले इस्लाम कबुल गरेको छ, उनीहरुलाई इस्लामका तौरतरिका अलवम्बन गराउनु उनीहरुको ध्येय हुन्छ। उनीहरुको चाहना हुन्छ, सबै मुसलमानले इस्लामिक विधिअनुसार जीवनयापन गरुन्।इस्लामका प्रवर्तक मोहम्मदकै बाटो अबलम्बन गरुन्, गलत बाटो नअपनाउन्। त्यसका लागि उनीहरु उपदेश दिन्छन्। गलत बाटोमा हिँडेको छ भने उसलाई प्रेमपूर्वक धार्मिक लइनमा ल्याउन भरमगदुर कोसिस गर्छन्।

तब्लिगी जमातले घर छाडेर टाढा टाढासम्म यात्रा गर्छन्। त्यस्तो यात्रामा ३ वा ५ जनादेखि माथिको समूह हुन्छ। उनीहरु ३ दिन, ४० दिन, ४ महिना, ७ महिना र एक वर्षको यात्रा तय गर्छन्। तोकिएका दिन पूरा गर्नुलाई ‘चिल्ला’ पूरा गर्नु भनिन्छ। त्यस्तो यात्रामा सबै खर्च स्वयंले बेहोर्छन्। कतिपयले खाना पकाउने भाँडाकुडादेखि ग्यास चुलो, ओढ्ने ओछ्याउनेसमेत आ-आफ्ना देशबाटै बोक्छन्। यात्राअवधिभर उनीहरुको बसाई मस्जिदभित्रै हुन्छ।

मस्जिदमै बस्नुको एउटा अर्थ के हो भने आफ्ना कारण गाउँ वा मस्जिद वरिपरिका व्यक्तिहरुलाई दुःख नहोस्। मस्जिदमा पानी, शौचालय र कतिपय स्थानमा भान्सासमेत उपलब्ध हुने भएकाले पनि उनीहरुलाई त्यहीं बस्न सहज हुन्छ। अर्को, उनीहरुले यात्रा सुरु गरेपछि समाजमा भइरहेका गतिविधि (राजनीति, मनोरन्जन, झैझगडालगायत) लाई चटक्कै भुलेर विशुद्ध इस्लामिक चर्यामा समय व्यतित गर्ने कसम खाएका हुन्छन्।

तोकिएको दिन पूरा नहुन्जेलसम्म उनीहरुको बाहिरी दुनियाँसँग कुनै मतलब र सम्बन्ध हुँदैन। खानेकुरा किन्न, औषधोपचार र इस्लामिक उपदेश सुन्नका लागि घरघरमा बोलावट (दावत) का लागि मात्र मस्जिदबाट बाहिरिन्छन्।

यो पंक्तिकारले पनि बाल्यकालमा जन्मस्थल गोरखामा तब्लिगी जमातका धेरै उपदेश सुन्ने अवसर पाएको थियो। मिठा परिकार बनाएर खुवाउने भएकाले बच्चाहरु उनीहरुप्रति आकर्षित हुन्थे। याद भएसम्म त्यस्ता तब्लिगीमा धेरैजसो पाकिस्तानी र भारतीय कम हुन्थे।

कहाँबाट आउँछन्?

जानकारहरुका अनुसार नेपालमा धेरैजसो तब्लिगी जमात पाकिस्तानबाट आउँछन्। पाकिस्तानमा तब्लिगी जमातप्रति आस्था राख्नेहरुको समूह ठूलो छ। त्यहाँबाट युवादेखि वृद्धसम्मै तब्लीगमा हिँड्ने प्रचलन छ।

विभिन्न पेशाकर्मी र सरकारी कर्मचारीलेसमेत विदा लिएर यात्रा तय गरेका हुन्छन्। पाकिस्तानबाहेक भारत, बंगलादेश, इण्डोनेसिया, मलेसिया, सिंगापुर, थाइल्याण्डलगायतका देशबाट पनि तब्लिगी जमात नेपाल आउँछन्। नेपालका मुसलमानहरु पनि भारत, पाकिस्तान, बंगलादेशलगायतका मुलुकमा तब्लिगमा जाने गरेको देखिन्छ।

निर्धारित यात्रा अवधिभर कुनै निश्चित मस्जिदमा मात्र उनीहरुको बसोबास हुँदैन। सकेसम्म धेरैवटा मस्जिदमा गएर इस्लामिक उपदेश छर्ने ध्येय हुन्छ। समाजका अरु व्यक्तिहरुलाई पनि आफूजस्तै यात्रामा सामेल हुन अभिप्रेरित गराउने उनीहरुको अर्को उद्देश्य हुन्छ। नेपालका तराइदेखि मध्यपहाड हुँदै हिमाली जिल्लामासमेत तब्लिगी जमात पुग्ने गरेको देखिन्छ। कुन् ठाउँमा जाने र कहाँ नजाने भन्ने कुनै लिखित व्यवस्था छैन। मुसलमानहरुको एकाध घर भएका बस्तीमा पनि उनीहरु पुग्ने गरेका छन्। मुसलमानको स्थायी आवादी नभए पनि केही

तब्लिगी जमातीविरुद्ध योगी ...

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)