साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल : मीनबहादुर थापा ( मिलन )

बोकेर बन्चरो खुकुरि जाँउ लडन सिमानामा
हुन वीरहरुका पाखुरि जाँउ लडन सिमानामा

Advertisement

हो सत्तामा बसेकाहरु लाई कुर्सीकै चिन्ता छ
हामि देखाउँ बहादुरी जाँउ लडन सिमानामा

Advertisement

तिमी सक्दैनौं भने सक्दैनौं भन र हात उठाउ
व्यर्थैको के हो चुरिफुरी जाँउ लडन सिमानामा

तिमि त देश सिद्धिए विदेशपनि भाग्न सक्छौ
जनतालाई छ मजबुरि जाँउ लडन सिमानामा

दुष्टले चिन्या छैन वीर गोर्खालिका सन्तान भनि
बनेर बिरताको आँधिहुरी जाँउ लडन सिमानामा

हो छप्काउनु पर्छ दुश्मनका गर्धन छप छप गर्दै
जित्नु छ त्यो कैलाशपुरि जाँउ लडन सिमानामा

                               टिकापुर, कैलाली

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article