हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता – अभिष्टित लिप्सा : दयानन्द गौस्वामि

कहाँ छौ ऐ धरा को अधिष्ठाता ?
जुन अभिष्टित लिप्सा मा जहाँ छौ,

Advertisement

आएर त एक नजर हेरी देउ
जहाँ चर्कीदैछन् सिमान्तका माटाहरू,

Advertisement

लुटिँदैछ मातृत्व को अस्मिता
भत्किँदैछन् सरहद का स्तम्भहरू,

अनी !अनी मेरी प्यारी लिम्पिया,
कुन अवस्था मा रहेकी होली ?

सम्झिन्छु उस्का प्रेमिल नजरहरू
सायद कारुण्य पुकार गर्दै होलान ?

मुटु चुँडिदा मा तिम्रा व्यथाहरु
संयमित हुनू तिमी अली जहाँ छौ,

कहाँ छौ ऐ धरा को अधिष्ठातारु
जुन अभिष्टित लिप्सा मा जहाँ छौ ?

उठाएर हात एक पटक हेरी देऊ
किन जर्जर भए सारा भावनाहरु !

कोहि त होला अस्मिता को रक्षक
जो रोक्न सकोस रिपुका ती बाटाहरू ?

अनी सम्मुख बढिरहेका शिकंजा
भंग गर्न सकोस उस्का शक्त हस्तहरू,

कती सम्झिन्छु तिम्लाई लिम्पिया ?
छहरा, पहरा र कालीका झरनाहरू,

अब केवल स्वप्निल लाग्न थाल्यौ
हेर्न लालायित छु म तिमी जहाँ छौ?

कहाँ छौ ऐ धरा को अधिष्ठाता
जुन अभिष्टित लिप्सा मा जहाँ छौ?

आएर त एक नजर हेरी देऊ
जहाँ चर्कीदैछन् सिमान्तका माटाहरू,

लुटिँदैछ मातृत्व को अस्मिता
भत्किँदैछन् सरहद का स्तम्भहरू।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)