हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा भारी मतले विजयी

झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा गगनकुमार थापा भारी मतका साथ सभापति पदमा निर्वाचित भएका छन्। असोज २३, २०८३ मा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा सम्पन्न मतपरिणाम अनुसार थापा ६ हजार ५ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन्।

Advertisement

​उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसको विधान २०१७ (एघारौँ संशोधन सहित) तथा निर्वाचन निर्देशिका २०८३ बमोजिम भएको उक्त निर्वाचनमा कुल ७ हजार १३ मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

Advertisement

​गणना गरिएका मतमध्ये ६ हजार ९ सय ५९ मत सदर भएको थियो भने ५४ मत बदर भएको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का, सदस्य सचिव राजु कटुवाल र सदस्य सुजन लोप्चनद्वारा जारी सूचनामा उल्लेख छ। 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)