सिलचर( असम ) । असमको कछार जिल्ला प्रहरीले लागुऔषध विरुद्धको अभियान अन्तर्गत ठूलो सफलता हासिल गरेको छ। प्रहरीले एउटा मालबहाक ट्रकभित्र बनाइएको विशेष गुप्त कक्षबाट करिब ५७ करोड ५० लाख भारतीय रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित याबा ट्याब्लेट बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा कछार प्रहरीले सञ्चालन गरेको खानतलासी अभियानका क्रममा उक्त ट्रकको गुप्त चेम्बरबाट दुई लाख तीस हजार थान याबा ट्याब्लेट फेला परेको हो। प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा दुईजना व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
असम प्रहरीको यस कार्बाहीलाई लागुऔषध विरुद्धको राष्ट्रिय अभियान (NashaMuktBharat र AssamAgainstDrugs) को एक महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।
