साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता – अनुराग :दयानन्द गौस्वामि

दयानन्द गौस्वामि

प्रेमको क्षितिज मा एउटा यात्री
सौम्याको पछ्यौरामा अनुबन्धित,

Advertisement

सारा दिन थकित सूर्यको भाँति
निशाको अंकमा समाहित हुनलाई,

Advertisement

आतुर अनी लालायित भईरहेको
बतासको पनि आफ्नो मन्द गति,

प्रेषित छ शितल मनोहर वातावरण
प्रत्येक साँसमा उनकै अनुभूतिहरु,

जसमा मेरा कथाहरु जीवन्त छन
निशब्द रातमा पनि जुनको मुहार,

जब उसका स्नेहिल प्रतिबिम्बहरु
नील सरितामा प्रतिबिम्बित हुन्छन्,

प्रेमिल उत्कण्ठाहरुको सुर गुन्जन
जहाँ अनुरागी हाँसहरु तैरी रहन्छन्,

चट्टानहरु मा चोट खाएका प्रतिध्वनि
तरंगित गराउँछ उनको मानस लाई,

स्वच्छन्दताले नै अनुगृहीत गराएर
विहानीको प्रभाती सूर्य किरणमा,

लालिमा भएको गगनका कपोलहरू
सुरमयी बादलका ती नयनहरु झैं,

जलपरिवेष्टित सम्पूर्ण ती दिशाहरू
मेरा विलोचनहरु देखी भयो नन्दित,

प्रेमको क्षितिज मा एउटा यात्री,
सौम्याको पछ्यौरामा अनुबन्धित।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article