समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

झापाको अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या, एक जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिका–७ दाहाल चोकस्थित सडकमा बन्चरो प्रहार गरी एक वृद्धको हत्या भएको छ। स्थानीय ७० वर्षीय दुर्गाबहादुर बस्नेतको बन्चरो प्रहार गरी शनिबार साँझ करिब ७ बजे हत्या भएको हो।

​बन्चरो प्रहारबाट घाँटीमा गम्भीर चोट लागेका बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। वारदातस्थलबाट हत्यामा प्रयोग गरिएको बन्चरोसमेत बरामद गरिएको छ।

​घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले रविन लिम्बूलाई नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)