समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

श्रीमती र प्रेमीद्वारा श्रीमान्‌को हत्या: दुवै जना प्रहरी नियन्त्रणमा

विराटनगर । तिहार मनाउन घर फर्किएका मोरङ, जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको हत्या भएको छ। हत्या अभियोगमा उनकी श्रीमती र एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

​मोरङ प्रहरीका अनुसार आइतबार राति करिब १० बजे सोरेनको टाउकोमा फलामको रड प्रहार गरी हत्या गरिएको थियो।

​जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार घटनामा सोरेनकी ३५ वर्षीया श्रीमती कमली बास्के र उनका प्रेमी भारतको बिहार, कटिहारका २७ वर्षीय सुनील मिश्रको संलग्नता रहेको पाइएको छ।

​श्रीमती र मिश्र मिलेर रड प्रहार गर्दा सोरेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप गहन अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)