समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

हल्दीबारी भेट्रान्स फुटबल: हल्दीबारी ‘ए’ र झिलझिले विजयी, सेमिफाइनल समीकरण पूरा

हल्दीबारी, झापा — हल्दीबारी भेट्रान्स खेलकुद आयोजक समितिको आयोजनामा हल्दीबारी माध्यमिक विद्यालयको प्राङ्गणमा जारी ‘हल्दीबारी भेट्रान्स खेल तालिका २०८३’ अन्तर्गत सोमबार भएका खेलहरूमा हल्दीबारी ‘ए’ र झिलझिले भेट्रान्स विजयी भएका छन्।

​सोमबार बिहान सम्पन्न दोस्रो खेलमा हल्दीबारी ‘ए’ ले टुर्केनी भेट्रान्स काँकरभिट्टालाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। जितसँगै हल्दीबारी ‘ए’ ले सेमिफाइनलमा ‘ढल्कियो जोवन’ टिमसँगको भिडन्त तय गरेको छ।

​यस्तै आजै भएको पहिलो खेलमा झिलझिले भेट्रान्सले आयोजक हल्दीबारी ‘बी’ लाई १-० को कठिन गोल अन्तरले पराजित गर्दै जित निकालेको छ। यो जितसँगै झिलझिले भेट्रान्सले सेमिफाइनलमा चन्द्रगढी भेट्रान्ससँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

​प्रतियोगिताका बाँकी सेमिफाइनल र अन्तिम उपाधिका लागि खेलिने फाइनल खेल पनि आजै सञ्चालन हुने कार्यतालिका रहेको आयोजक समितिले जनाएको छ। 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)