साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कविता – “लोकतन्त्र” : कमला भट्टराई

लोकतन्त्र तिमी त
आउन त आयौ
छ्यासमिसे ुमिक्चरु भएर आयौ
नेपाली भूमि माथि बिस्तारवादीको
बिषाक्त नंग्राको डाम लिएर आयौ
भए भरका हाम्रा नदी नालामा
दुश्मनका पदचाप बोकेर आयौ त्यसैले अभाब र महंगीको
ढाकर बोकेर आयो।
लोकतन्त्र तिमी त
आउन त आयौ
जताततै सबैमा तानातान छ
भ्रष्टाचार र गुटबन्दीको हानाहान छ
युवाहरुको एउटै राष्ट्रीय आह्वान छ देशमा भ्रष्टाचारी बिरुध्द
आन्दोलन छ ।
लोकतन्त्र तिमी त
आउन त आयौ
बेमौषमी हावा हुरी बोकेर आयौ
तिमी त अपरिपक्व अबस्थामै
चोरबाटोबाट सुटुक्क आयौ
त्यसैले देशान भएर आयौ
लोकतन्त्र तिमी त आयौ
तर हतारिएर आयो।

Advertisement

झापा चौक,भद्रपुर

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article