स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोनाभाइरसको संक्रमणबाट बाँकेमा एक युवकको मृत्यु भएको पुष्टि

हेमन्त कुमार मैनाली /हल्दिवारी / प्रमुख सम्बादाता

Advertisement

बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवकको कोरोनाभाइरस संक्रमणका कारण ज्यान गएको पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपेडेट सम्बन्धी नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले उनको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको पोजेटिभ देखिएको हो । यो सहित नेपालको कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

रोजगारीको लागि भारतको मुम्बई गएर गत वैशाख ३० गते नेपाल फर्किएका उनलाई भारतबाट आए लगत्तै सिधै क्वारेन्टिनमा लगिएको थियो।यसअघि बिहीबार सिन्धुपाल्चोककी २६ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । जसको सरकारले शनिबार मात्रै घोषणा गरेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article