हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा साङ्गितिक कलाकार संघद्वारा राहत वितरण

पोखरा   / पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा साँगितिक कलाकार संघले दोस्रो दिनको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । संघले पोखरा महानगरपालिका वडा नम्बर ६ बैदामका ५३ घरपरिवारका लागि राहत खाद्यान्न वितरण गरेको हो ।

Advertisement

‘हामीले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा गरिव तथा विपन्न परिवारका लागि राहत वितरण गरेका हौं’ पोखरा सांगितिक कलाकार संघका अध्यक्ष संगीतकार सुनिल थापाले भने ‘पोखरा नेपाल युके फाउण्डेशन युकेका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको सहयोगमा पोखराका २ वडामा राहत वितरण गरियो ।

Advertisement

संघले स्थानिय र जनप्रतिनिधीसंग सहकार्य गरि राहत पाउनुपर्ने विपन्न परिवारको पहिचान गरेर खाद्यान्न राहत वितरण गरेको जनाइएको छ । पोखरा–६ लेकसाइडका बिभिन्न क्षेत्र गरि ५३ परिवारका लागि आज राहत वितरण गरिएको थियो । जसमा जरेबर, नारेश्वर क्षेत्रमा १६ परिवार, बाराही चोक क्षेत्रमा २४ परिवार तथा सेन्टरपोइन्ट क्षेत्रमा १३ परिवारका लागि राहत वितरण गरिएको हो ।

नेपालको प्रमुख पर्यटकिय गन्तब्य पोखराको पर्यटकिय केन्द्र लेकसाइडका होटल तथा रेष्टुरेण्ट लकडाउन र कोरोनाका कारण पुर्णरुपमा बन्द रहेका छन् । रेष्टुरा र होटल बन्द भएपछि यहाँ आश्रित मजदुरहरुलाई यतिबेला संकट परेको छ । राहतले उनीहरुलाई थोरै भए पनि मल्हम लगाउन सहयोग पुग्ने संघका सदस्य गायक बिनोद बानियाले बताए । नेपाल कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा परि ५२ दिन देखि लकडाउनको अवस्था रहेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरुलाई परेको मर्कालाई मध्यनजर गर्दै राहत वितरण गरिएको अध्यक्ष थापाले बताए । खाद्यान्न राहत ३ तहमा विभाजन गरि वितरण गरिएको छ ।

राहतमा एक बोरा चामल, दाल, तेल, नुन, सोयाविन, मसला, तथा साबुन गरि एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरि वितरण गरिएको संघका सचिव राजेन्द्र अधिकारीले जानकारी दिए । यस अघि संघले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा महानगरपालिका –३, नदिपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत वितरण गरिसकेको छ ।

संघले आवश्यकता अनुसार पोखराका विभिन्न स्थानमा राहत वितरणको कार्यक्रम राखेको संघका अध्यक्ष थापाले जनाए । पोखरा युके फाउण्डेशन युकेले हरेक विपत्तीमा सहयोग गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको पहलमा पोखरा सँििगतिक कलाकार संघले राहत वितरण गरेको हो ।

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)