समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सिन्धुपाल्चोकबाट कन्टेनरमा आएका ५० भारतीयलाई काभ्रे प्रशासनले उतै फर्कायो

काभ्रेपलाञ्चोक– कन्टेनर भ्यानमा आइतबार बिहान धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई काभ्रे प्रशासनले सिन्धुपाल्चोक नै फर्काएको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखेलस्थित बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो।सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइ मध्याह्नतिर उतै फकाईएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए।

Advertisement

उनका अनुसार ती भारतीय नागरिकलाई धुलिखेलस्थित खेलमैदानमा राखेर सावधानीपूर्वक खाना खुवाएर दुई गाडीमा सिन्धुपाल्चोकतर्फ नै फर्काइएको हो।भारतीय नागरिक धुलिखेल आइपुगेको विषयमा गृह मन्त्रालयलाई जानकारी गराइ सिन्धुपाल्चोक प्रशासनसँग समन्वय गरी सबैलाई उतै फकाईएको प्रजिअ तिमल्सिनाले बताए।

उनका अनुसार ती भारतीय नागरिक विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन्। कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको तिमल्सिनाले बताए।सिन्धुपाल्चोक प्रशासनसँगको समन्वयमा विद्युत् प्रसारण लाइनका ठेकेदार कम्पनीले नै ती मजदुरलाई सुरक्षित साथ राख्ने सहमति भएअनुसार मजदुरलाई सिन्धुपाल्चोक नै फर्काइएको हो।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित जल्केनीमा तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा खटेका उनीहरु बा ३ ख २५४६ नम्बरको कन्टेनर भ्यानमा चढेर धुलिखेल आएका थिए।बिहान करिब आठ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गास्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो।

यसअघि गृह मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत यही जेठ १ गतेदेखि लागू हुनेगरी बन्दाबन्दीको समयका लागि एक जिल्लाबाट अर्को जिल्ला र जिल्लाभित्रका लागि जारी गरिएका सबै किसिमका पास र गरिएको रद्द गरिएको जानकारी गराएको थियो। रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article