समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पौडी खेल्दा कालीगण्डकी नदीमा दुई बालक बेपत्ता

पाल्पा, रामपुर नगरपालिका १० मलौटेस्थित कालीगण्डकी नदीमा पौडी खेल्दा आज दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रामपुर–१० का १० वर्षीय सुनिल भट्टराई र समीर चापागाईँ रहेको वडाध्यक्ष लीलाबहादुर गाहाले जानकारी दिनुभयो ।

Advertisement

हुँगी प्रहरीचौकीबाट आएका प्रहरी र स्थानीय बासिन्दाले नदी आसपासका क्षेत्रमा खोजी जारी राखेको वडाध्यक्ष गाहाले बताउनुभयो । कालीगण्डकीमा अहिले पानीको मात्रा बढेकाले खोजी गर्न समस्या रहेको बताइएको छ ।रासस

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article