हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ईदुल फित्रका दिन घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

सम्बाददाता –
भद्रपुर/ मुस्लिम आयोगले ईदुल फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ । आयोगको आइतबार बसेको बैठकले ईदुल फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरेको हो ।

Advertisement

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदुल फित्रका दिन मस्जिद र मदरासामा गएर सामूहिक नमाज पढ्ने गरिन्छ । यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी ईद पर्वलाई घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो ।

Advertisement

रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बिहरुले घरमै बसेर नमाज पढेका थिए । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बिहरुलाई ईदका दिन सामूहिक नभई घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताए । उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गरे ।

इस्लाम धर्ममा रमजानको एक महिना लामो ब्रत तोड्ने दिन ईदुल फित्र मनाउने गरिन्छ । यस दिन सामूहिक नमाज पढेर विशेष रुपमा मनाइने गरिन्छ । ईदलाई आपसी सदभावको चाडको रुपमा पनि हेरिने गरिएको छ । यस वर्षको ईदुल फित्र आगामी आइतबार मनाइदै छ । रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने विश्वास इस्लाम धर्मावलम्बीहरुले गर्दछन् ।

यसैबीच मुस्लिम आयोगले आइतबार ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । आयोगका अध्यक्ष अन्सारीले महाशाखाका एसएसपी भीमप्रसाद ढकाललाई दुई हजार थान मास्‍क,२० लिटर सेनिटाइजर,हेन्डवास लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)