हेमन्त कुमार मैनाली / प्रमुख सम्बादाता

हल्दिवारी l सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो ।

कोरोनाभाइरसका संक्रमित देशभर बढ्दै गएकोले आजको बैठकले लकडाउनलाई थप कडा बनाउने पनि निर्णय गरेको छ । नेपालमा हालसम्म कोरोनाबाट दुई जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २९५ पुगेको छ ।