स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मुम्बईबाट फर्किएका झापा कचनकवलका युवामा कोरोना संक्रमण पुष्टि

क्वारेन्टिन

झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनकवल गाउँपालिका –६ बनियानी बस्ने २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । योसँगै झापामा सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ ।

Advertisement

यसअघि दमक र बाह्रदशीका पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यसमध्ये बाह्रदशीका पुरुष निको भइसकेको छ । कचनकवलमा कोरोना पुष्टि भएको पुरुष गत शनिवार भारतबाट फर्किएका हुन् । उनीसँगै त्यो दिन पाठामारी नाकाबाट ३३ जना प्रवेश गरेको हो । उनीहरूलाई त्यही दिन स्वास्थ्य परीक्षण गरी पथरिया र लक्ष्मी प्रसाद देवकोटा माविको क्वारेनटाइनमा राखिएको छ । उनीहरू भारतमा रेल चलेपछि घर फर्किएका हुन् ।

Advertisement

उनीहरू सबै जना दिल्ली र मुम्बईबाट काम गरेर फर्केका युवकहरू भएको कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए । कोरोना पुष्टि भएका पुरुष मुम्बईबाट आएका हुन् । उनलाई पथरिया क्वारेन्टाइनमा राखिएको छ । उनको स्वाब कोसी अञ्चल अस्पताल विराटनगर पीसीआर परीक्षणका लागि पठाएकोमा रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन चौलागाईले बताए । स्वास्थ्य मन्त्रालयले भने आधिकारी जानकारी गर्न बाँकी रहेको उनको भनाई छ । ‘उनीसहित ३३ जनाको स्वाब पीसीआरका लागि पठाएको हो,’ उनले भने, ‘त्यसमध्ये १० जनाको रिपोर्ट आएको मध्ये एक जनामा पोजेटिभ देखिएको हो ।’

२३ जनाको रिपोर्ट आउन बाँकी रहेको उनको भनाई छ । अब कोरोना सङ्क्रमितलाई उपचारका लागि कोसी अस्पताल पठाइने उनले बताए । यता दक्षिणी झापाको कचनकवलबाट सयौँ सङ्ख्या नेपाली नागरिक भारतको विभिन्न राज्यमा रोजगारीका लागि गएका छन् । भारतमा कोरोना फैलिएपछि उनीहरू त्यहाँबाट स्वदेश फर्किन थालेका छन् । भारतबाट युवाहरू आउन थालेपछि कचनकवल कोरोनाको उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष आलमले बताए । भारतबाट लुकिछिपी आउनु भन्दा सम्पर्क गरेर आउन उनले सबैमा आग्रह गरेका छन् ।साभार टाइम्स अफ प्रदेशबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article