हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

फोटो पत्रकारलाई राहत

काठमाडौँ, ६ जेठ l कोरोना सङ्क्रमणको न्यूनीकरणका लागि सरकारले जारी राखेको लकडाउनका कारण समस्यामा परेका फोटो पत्रकारलाई राहत उपलब्ध गराइएको छ ।

Advertisement

बाग्लुङ समाज कल्याण केन्द्रका उपाध्यक्ष रसुमिला श्रेष्ठ र निर्मला कोइराला, शङ्कर गुरुङलगायत समाजसेवीले फोटो पत्रकारलाई २० बोरा चामल उपलब्ध गराएको हो । समाजसेवीले उपलब्ध गराएको खाद्यान्न राष्ट्रिय फोटो पत्रकार समूहले आवश्यकताका आधारमा फोटो पत्रकारलाई उपलब्ध गराएको हो ।

Advertisement

समूहका महासचिव एवं राससकर्मी प्रदीपराज वन्तले लकडाउनका कारण समस्यामा परेका फोटो पत्रकारलाई समाजसेवीले उपलब्ध गराएको राहत उपलब्ध गराइएको जानकारी दिनुभयो । राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि ललितपुरको झरुवाराशीमा रहेको बज्र इँटाभट्टामा कार्यरत ६३ श्रमिकको परिवारलाई राहत उपलब्ध गराएको थियो ।

यस्तै लामो समयदेखि बिरामी पत्रकार तथा लेखक विके पाल्पालीलाई पनि समूहले रु २२ हजार बराबरको औषधि र रु आठ हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)