साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कविता : ” आऊ अब प्रेमको कुरा गरौं !!”

आउ एकै छिन प्रेमको कुरा गरौं ,

Advertisement

आत्मियता र शितलताको कुरा गरौं !
आँखामा छचल्किएका समवेदनाहरुलाई पुस्छ्दै
हृदयमा टाँस्दै मायाँ गर्दै……
यो बेइमान समयले दिएका चोटहरुलाई
एकैछिन बिर्सिएर
आत्मीयता र शीतलताको कुरा गरौं
प्रीय साथी, मायाको कुरा गरौं  …!!

Advertisement

संसार आक्रान्त भएको बेला
आफ्नाहरु सबै गुम्दै गएको बेला
प्रियजनको मृत्युको खबरले
मुटुको धड्कन बढिरहेको बेला
कोरोनाको यो कहर निक्कै कठिन भएर आयो
धेरैलाई रुवाएर आयो ….
यो समयको चुनौतीलाई भुल्न
आऊ ,मायाको एउटा गीत लेखौं
एउटा सुन्दर कविता लेखौं …..!!

बलवान समयको वेगले सबैलाई निरीह बनाएको छ
यहीबेला धर्ती दुखेको छ,
यहीबेला देश दुखेको छ..
अहिले सगरमाथा दुखेको छ ,
लिपुलेक लिम्पियाधुरा ,र कालापानी सँगै
हिमाल पहाड र तराईको छातीभरि
मेरो देश दुखेको छ…..

मेरो प्रीय साथी !
तिमी त यो देशको मुहार फेर्नलाई
हातमा मातृभूमिको तस्बिर बोकेर
हिँडेको मान्छे….
कहिलो गोलीको निसाना बनेर
कहिले बारुदको स्वाद लिँदै ….
चन्द्र सूर्य झन्डा बोकेरू इन्कलाबू गर्दै
न्याय(मुक्ति , स्वतन्त्रता र स्वाभिमानका निम्ति
लड्दैछु , संघर्ष गर्दैछु भन्छौं ….
म चाहान्छु ( तिम्रो
विश्वासको सगरमाथा घट्नु हुन्न
मातृभूमिको तस्बिर धुमिल पार्नु हुन्न
संसारलाई चुनौती दिने यो क्षेप्यास्त्रबाट
कहिल्यै विचलित हुनुहुन्न…
धर्यता र साहस बटुल्दै
निर्मम् समयको महाभारतबाट एक ईन्च सर्नु हुन्न !!
समयको घडिले कहाँ पुर्याउने हो थाह छैन
अहिले जिन्दगीको साँघुरो घेरामा चेप्टिएर
एउटा कविता लेख्दैछु….
आऊ एकैछिन सँगै बसौं, चुमेर स्मृतिहरु …
प्रेमको कुरा गरौं…आत्मियताको कुरा गरौं
उहीँ घाम , जुन र निलो आकाशको कुरा गरौं !!

आँखामा छचल्किएका समवेदनाहरुलाई पुस्छदै
हृदयमा टाँस्दै ,.. मायाँ गर्दै…
यो बेइमान समयले दिएका चोटहरुलाई
एकैछिन बिर्सिएर, ….
आत्मीयता र शीतलताको कुरा गरौं
उहीँ धर्ति, आकाश र हिमालको कुरा गरौं
प्रीय साथी,आऊ अब प्रेमको कुरा गरौं ….!!
(अस्मिता भण्डारी , हाल ( दमक )

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article