साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नीति बन्यो रे : कृष्ण पोखरेल

कृष्ण

आज
नीति बन्यो रे
पहिला छिमेकीलाई
सोधे तिम्रा कुरा परेरु
जवाफ आयो तरकारी बेच्न गएको
लागतै नै उठेन सबै गाउ भरी बाढे
अर्को साल अनुदान आउछ रे।

Advertisement

आज
नीति आयो रे
तल्ला घर काईला लाई
सोधे तिमी त जनमन गर्ने
मान्छे के भयो था भयो
जवाफ आयो नीतिले खान दिदैन
पोहोर पनि यस्तै थियो आज पनि यस्तै छ
नेताका योजना परेहोला नेता खुशी देख्छु
धन्न सरकार नेता त जोगिए।

Advertisement

आज
नीति बन्यो रे
मोवाईल उठाउदै
मजदुर साथीलाई सोधे
तिम्रा कुरा समेटिए तरु
जवाफ आयो
ठिकै छ यो साल कोरोना छ
औषधी उपचार उपकरण मा खर्च बढ्यो रे।
आगौ आउछ हेरौ।

आज
नीति बन्यो रे
साथी कर्मचारी थियो
सोधे के छोयो नीतिलेरु
जवाफ आयो बल्ल बल्ल सचिवले हाम्रा
कुरा सुनेछन् खान चाही पुग्ला।
म ढुक्क भए धन्य सरकार
साथी भोकै मरेनन्।

आज
नीति बन्यो रे
अलि परको साथि
लाई हेलो गर्दै के सोधेको थिए
जवाफ आयो अब चाही के ही हुन्छ है
सांसद कोषको पैसा थप्ने रे१माननियले भन्या
योजना केही छन् भने भन सहयोग होला
म मख्ख भए साथीको प्रगतिमा।
र खुशी भए धन्य सरकार
तिम्रो नीति।

बिर्तामोड(१०

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article