प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सरकारको तयारी

काठमाडौँ। कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले तयारी गरेको छ।

Advertisement

सिंहदरबारमा मंगलबार बसेको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा विदेशमा रहेकाहरुलाई स्वदेश फर्काउने प्रक्रियाबारे छलफल भएको हो।

Advertisement

लकडाउनकै बीचमा कतिपय देशबाट नागरिक उद्धार गर्नुपर्ने अवस्था रहेकाले उनीहरुको व्यवस्थापनबारे पनि बैठकमा छलफल भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।

नेपालमा क्रमश ल्याउने र संक्रमण फैलन नलिन गरिने योजनामा छलफल भएको र अन्तिम रुप दिन बाकी रहेको उहाले बताए। विदेशमा रहेकाहरुलाई स्वदेश फर्काउने तयारीका सन्दर्भमा उपप्रधानमन्त्री पोखरेलले सोमवार पनि सम्बन्धित मन्त्रीहरुसँग रक्षामन्त्रालयमा अनौपचारिक छलफल गरेका हुन्। सरकारले वैदेशिक रोजगारीमा गएका करीव ५ लाख नेपाली स्वदेश फर्किने अनुमान गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article