हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मधेशी समुदायलाई होच्याउने गरी तयार गरिएको टिभी कार्यक्रम बन्द गर्न सरकारको चेतावनी

भोगेन्द्र कर्ण जनकपुर / प्रदेश २ सरकारले कृषि टेलिभिजन नेपाल वाट प्रशारण भएको एक कार्यक्रममा मधेशी समुदायको खिल्ली उडाएको र मधेशीलाई अपमान गरेको भन्दै कार्यक्रममा संलग्नहरुलाई कारवाही गर्न मांग गरेको छ ।

Advertisement

सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले संघिय सरकारको सञ्चार तथा सुचना प्रविधी मन्त्रालयलाई एक पत्र लेख्दै सो टेलिभिजनको जेठ ६ गतेको कोरोना बिर्साउने गफगाफ कार्यक्रममा प्रस्तुत गरिएको भाषा र सांकेतिक भेषभुषाले मधेशी वर्गलाई ठेस पुरयाएको र जनतामा व्यापक विरोध तथा आक्रोस रहेकाले संविधानको धारा १७ को उपधारा २ तथा धारा १८ को उपधाराहरु २ र ३ बमोजिम कारवाही गर्न मांग गरेको छ ।

Advertisement

२०७४ को राज्य विरुद्वका कसुर अन्तर्गत दफा ४९ को ४ र दफा ६५ को १ को व्यवस्था बमोजिम यस्ता गतिविधीहरु बन्द हुनुपर्ने पत्रमा उल्लेख छ । साथै नेपालको विभिन्न टेलिभिजनहरुको कार्यक्रम जस्तै, कोरोना बिर्साउने गफगाफ, ह्वाट द फ्लप, जोगीन्दर बोले प्रणाम जी सहित नेपाली चलचित्रहरुमा केहि सिमित व्यक्ति र समुदायको मनोरञ्जन तथा हाँसोका लागि कुनै खास वर्ग मधेशी सहितकालाई भाषा, भेषभुषा शब्द अभिनय र संकेतका माध्यमले होच्याउने, अपमान गर्ने तल देखाउने जस्ता गलत कृयाकलापले कुनै विशेष समुदायमा आक्रोस पैदा गरि राष्ट्रिय एकता तथा समाजिक सदभाव खलबलाउन सक्ने भएकाले यस्ता विभेदकारी कार्यक्रम निर्माण र प्रशारणमा रोक लगाउन समेत मांग गरिएको छ ।

पत्र गृहमन्त्रालय, मानव अधिकार आयोग, मधेशी आयोग, चलचित्र बोर्ड सहितकालाई समेत बोर्धाथ गरिएको छ । कृषि टिभी नेपालले देखाएको कार्यक्रम र गरेको त्रुटिपुर्ण क्षमायाचना हेर्नोस् त्यसैगरी पत्रकार बिपि साह द्वारा प्रेस काउंसिलमा कृषि टिभीबाट मधेशीलाई हेप्ने गरि सामाग्री प्रसारण गरिएको विरुद्ध तीन दिनअघि गरिएको उजुरी औपचारिक रूपमा आज दर्ता भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)