साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : कारोना भाइरस

सधैंको झैं कार्य होईन यो
परिस्थिति बेग्लै छ
समयले कोल्टे फेरेको
अलि पर बस भन्दै
सार्थक उपचार
अपेक्षाकृत छ

Advertisement

उ त्यो केहि ज्ञान छैन
आफ्नो पराई बुझ्दैन
नातागोता के पत्तो
उँचनीच रंगभेद
धनी गरिब सबैमा
कोहि कसैलाई भन्दैन

Advertisement

विश्वव्यापी चाहार्दैछ
थकानको हेक्का छैन
पुग्छ जहाँ पार्छ त्यहाँ
समग्रलाई स्वत्तर
फेरी पनि किन ?
साली अदृश्य

४ लाखको पुच्छर
कति हो के थाहा
कसलाई पो छ र
आफूतिर खिच्न यो
एकोहोरो बन्दै
लम्कि नै रहेको छ

ज्ञानभन्दा बाहिर
चेतना शुन्यसरी
निर्जीव तुल्यभई
घात कि साथ यो
लात बात नबुझी
हिडेको हिड्यै छ

सुल्झाउने खोई
अनभिज्ञ मात्र
जोखिममा छौं
सृष्टि नै सब
कुन यन्त्र छ र
ठम्याउँ छ यो

हिजोआज भन्दै
महिना ४ बित्यो
बिज्ञानमै धावा दिंदै
जगतमै परिचित यो
कोरा्ना भाइरस
कोभिड -१९

घर भित्रै बस्दै
सामाजिक दूरीमा
परिवार माँझबाट
प्रण गर्न बिलम्ब नगरौं
अचुक उपचार बिधि
यहि नै मूलमन्त्र ठानी

प्रेमसागर कर्माचार्य
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article