साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कविता- ” उठ युवा “

मातृभूमिको रक्षार्थ खुकुरी समाउन उठौ युवा
वीर गोर्खालीको नाम सधै जनाउन उठौ युवा

अमर सिंह र बलभद्रका सन्तान हौ नि हामी
बलिदानी मागे देशले रगत बगाउन उठौ युवा

सीमा मिच्दै पुगे वैरी लिम्पिया धुरा र लिपुलेक
देखाउदै वीरता सीमाका वैरी हटाउन उठौ युवा

हाम्रो जन्मभूमिमाथि धावा बोल्नेहरुलाई सधै
नेपालको माटो टेक्नै नपाउने गराउन उठौ युवा

वीर नेपाली हौं हामी उच्च रहोस् शिर सधै हाम्रो
विश्व सामु नेपालीको शिर यो ठडाउन उठौ युवा।

बिना रोका -,घोराही ,दाङ्ग

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)