समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीका २ युवालाई सिमाबाट उद्दारगरी क्वारेन्टाइन राखियो

क्वारेन्टिन
हल्दिवारी l भारतमा अलपत्र परेका २ युवालाई काकरभिट्टाबाट उद्दार गरि बुधबार राती हल्दिवारी ल्याइएको छ।
हल्दिवारी गाउँपालिका स्वास्थ शाखा प्रमुख पुस्कर निरौलाले दिएको जानकारी अनुसार हल्दिवारी ४ का २ युवालाई भारतको सिमानाबाट उद्दारगरी गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ।
रोजगारीका लागी भारतको उअतराखण्ड देहरादुन पुगेका उनिहरु लकडाउनको कारण भरतमै अलपत्र परेका थिए । भारतमा अलपत्र परेका नेपाली नागरिक ३ दिनको अवधिमा ७ सय भन्दा बढी आएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article