हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कविता  : “जागौ युवा अब “

बिना रोका

मातृत्वको लडाईमा
माटोको कसम खाएर
आमाको अस्तित्व जोगाउन
वीर पुर्खाको
रगतको निशानी
निधारमा टीका
लगाउदै अब
शिरमाथि आमाको
आशिर्वाद लिएर
जागौ युवा अब।

Advertisement

सीमा रक्षार्थ खटिन
वीर पुर्खाको रगत
नसा नसामा बगाउदै
माटोले मागे
बलिदानीको फाँसी
चढ्न तयार हुँदै
जागौ युवा अब ।

Advertisement

हाम्रो माटोमाथि
धावा बोल्नेहरुका लागि
खुकुरी, तरबार र खुँडा
उत्रने छन् प्रतिकारमा
खबरदार वैरीहरु
अगाडि नबढ
जागौ युवा अब ।

अर्काको भूमिमा
आँखा गाड्दै
छलकपट गर्दै
बेमौसमी बाजा झैँ
बज्न खोज्नेलाई
भस्म पार्दै जलाउन
जागौ युवा अब ।

वीर नेपालीको
शीर उच्च बनाउन
नेपाली वीरता
विश्वभरी फैलाउन
माटो देश हो
देश माटो हो
यसको रक्षार्थ
जागौ युवा अब।

– बिना रोका ,घोराही , दाङ्ग

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)