स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

वीपीको ओपीडी तत्काल खोल्न‘मन्त्रालयलको निर्देशन

कमला भट्टराई-
भद्रपुर’/ कोरोना संक्रमण बाट बच्न लकडाउन घोषित भएदेखी बन्द रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको सामान्य चेकजाँज गरिने जनरल ओपिडि खुला गरिएपछि बाहिर बाट समेत विरामीहरु ल्याइने र धरानमा भीडभाड बढेर कोरोना संक्रमणको जोखिम अझ बढ्ने भएकोले उपकुलपति डा.ज्ञानेन्द्र गिरी संग लिखित रुपमा ओपिडि तत्काल बन्द गर्न माग गरिएको छ । उपकुलपति डा.गिरिले भने ओपिडि व्यक्तिगत चासोले नभई सरकारको निर्देशन आएकोले खुला गरिएको बताएका छन् ।

Advertisement

धरानमै कोरोना संक्रमीत फेला परेपछि वीपीको ओपिडिमा आउने बाहिरका विरामी एम्बुलेन्स लगायतको भीडभाडले संक्रमणको खतरा बढ्ने भएको उल्लेख गर्दै बिहीवार सामाजिक अभियन्ता हर्क साङ्पाङ सहितको टोलीले उपकुलपति डा.गिरि लाई लकडाउनको मर्म र उदेश्य विपरी खुला गरिएको ओपिडि तत्काल बन्द गर्न लिखित निवेदन दिएको हो । निवेदनमा ओपिडि खुला गरेर लकडाउनको उल्लंघन गरेको आरोप लगाउँदै लकडाउन परिपालना गर्नुपर्ने माग गरिएको छ ।

Advertisement

कोभिड १९ नामक बिश्वब्यापी महामारीबाट वचन नेपाल सरकारले लागू गरेको लकडाउनको मर्म बिपरित वीपी प्रतिष्ठानले अस्पतालमा सामान्य चेकजाँच सेवा समेत खुल्ला गरिँदा भिडभाड बढ्ने अन्य जिल्लाबाट बिरामी जचाउन आउनेहरु बाट कोरोना संक्रमण बढेर जाने साङपाङले दाबी गरे ।

उपकुलपति डा गिरिले भने व्यक्तिगत इच्छ स्वार्थको कारण नभई सरकारको स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन अनुसार ओपिडि खुला गरिएको बताउँदै भने ‘आर्थिक रुपमा समेत प्रतिष्ठानमा समस्या भएकोले पनि ओपिडी सुचारु गरिएको हो ।’ ओपिडि खुला गरिदा सिमित बिरामी मात्र जाँच गरिने उपकुलपतिले दाबी गरे ।

ओपिडि खुला गर्दा कोरोना संक्रमणको जोखिम बढे बन्द समेत गरिने बताए । उनका अनुसार प्रतिष्ठानमा हल्ला भए अनुसार १५ हजार शुल्क नलिाई निशुल्क कोरोना परिक्षण गरिदैं आएको छ । उपकुलपति अनुसार प्रतिष्ठान स्थानीय सरकार धरान उपमहानगरपालिका संग सहकार्य गरेर अगाडि बढिरहेको छ ।

रानमा फेला परेकी एक कोरोना संक्रमीत प्रतिष्ठन सम्म ल्याउन पनि एम्बुलेन्स नपाएको बेला वीपीको एम्बुलेन्स तरकारी सपिङ गर्न प्रयोग भएको बारेमा टोलीले प्रश्न गर्दा उपकुलपति डा.गिरिले त्यस बारे आफलाई थाहा नभएको बताए । धरान १३ की कोरोना पोजिटिभ विरामी लाई विहिवारै वीपीमा ल्याइएको तर एम्बुलेन्स नपाएको बारेमा थाहा नभएको उनले बताएका हुन् ।

संक्रमित भेटिएको नजिकै रेडक्रस सोसाइटी सुनसरीको कार्यालय र एम्बुलेन्स राखिएको भएपनि विरामीले एम्बुलेन्स नपाएको बताइएको थियो । वडा १३ अध्यक्ष नेत्र काफ्लेले बिहिवार बिहान ११ बजेपछि मात्र विरामी अस्पतला लैजान एम्बुलेन्स पाएको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article