हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ईनरुवाकी प्रतिभा राठिले बलिवुडमा बनाएको छोटो चलचित्र “स्पेसल डे “ले जित्यो अन्तर्राष्ट्रिय अवार्ड 

 सुनसरी ईनरुवा घर भई दिल्ली मा मास कमन्युकेसनमा मास्टर गरेकि प्रतिभा अर्चना राठी द्वारा लिखित छोटो चलचित्र “स्पेसल डे” ले दशौ दादा सहाब फालके फिल्म फेस्टिबल २०२० जुरि अवार्ड सहित अन्य धेरै अवार्ड हात पार्न सफल भएको छ ।

Advertisement

उनले प्राप्त गरेको अवार्ड मा Tagore international film festival 2020 मा बेस्ट फिल्म अन वुम्यान र डेब्यु फिल्ममेकर अवार्ड , Cult Critic Award 2020 को विनर , New york Movie Award 2020 को फाईनलिस्ट , Couch Film festival 2020 को सेमि फाईनलिस्ट, विनर बेस्ट फिल्म अफ दि ईयर इन शर्टेड फिल्म फेस्टिबल लगायत यो चलचित्र ले धेरै अन्तरास्ट्रिय चलचित्र महोत्सवमा सहभागी भई सकेको छ ।

Advertisement

आमा छोराको सम्बन्ध को कथामा आधारित ११ मिनेट २१ सेकेन्ड लामो चलचित्र एकदमै मार्मिक बनेको छ । कलर टिभी बाट प्रशारण हुने खतरोके खिलाडि सिजन ८ को बिजेता सान्तनु महेश्वरी र बलिवुडकी चरित्र अभिनेत्री शिबा चड्डा को मुख्य भुमिका रहेको यस छोटो चलचित्र को निर्माता प्रशान्त सिंह र निर्देशन अजय शिवानी ले गरेका हुन ।

यश छोटो चलचित्र कि लेखिका प्रतिभा इनरुवा का पुरानो ब्यपारी घराना प्रकाश राठिका छोरी हुन । सानै देखि लेख रचनामा रुचि राख्ने प्रतिभा ले EPS स्कुल काठमाडौ बाट एस एल सि उतिर्ण गरेकी हुन । भारतको सिलिगुडी बाट इन्टर को अध्यन गर्दै उनले कलकत्ता बाट ईङलिसमा ब्याचलर गरेकी हुन । मास कमन्युकेसनमा मास्टर सकेर उनले ईन्डिया टुडे र द हिन्दु मा काम गर्न थालिन यहि क्रममा उनी द हिन्दु को ब्रान्च अफिस मुम्बईमा मा काम गर्न पुगिन । काम गर्ने सिलसिलामा उनले धेरै बिषयमा आर्टिकल अनि कथाहरु लेख्न थालिन ।

मुम्बईमा रहदा लेखेको स्पेसल डे को कथा धेरै साथिहरुले मन पराए अनि साथिहरुकै सहयोगमा टिम बन्यो र छोटो चलचित्र पनि बन्यो र धेरै अवार्ड पनि जित्यो भन्दै खुशी ब्यक्त गर्छिन प्रतिभा । मदर्स डे लाई केन्द्र बिन्दु बनाएर निर्माण गरिएको यस चलचित्र का लेखिका को नाम प्रतिभा राठी हो तर उनले आफ्नो नामको बिचमा आमाको नाम अर्चना राखी प्रतिभा अर्चना राठी लेख्ने गरेकी छन , अहिलेको पुरुष प्रधान देशमा यो एउटा नौलो सुरुवात हो ।

चलचित्र को अन्त्यमा सबै टिमले आ आफ्नो आमाको साथमा खिचेको तस्वीर हरु राखेका छन । प्रतिभा अर्चना राठि अहिले मुम्बई मा नै कार्यरत छिन । बल्ड मिडिया चैनल वहाको आगामि दिनको लागि सफलताको शुभकामना ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)