साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सरकार ! म  ……?

कृष्ण

सरकार
म  किसान
आगामी बजेटमा
मेरा कुरा पनि राख है
मलाई बिउ चाहिन्छ, मल चाहिन्छ
सिचाई चाहिन्छ ,जेटि जेटिए चाहिन्छ
तर नफल्ने र न उम्रने नदेउ है
म नै हो नि
तिमीलाई
बिहानीमा चिया र कफि को चुस्की लगाउने
बास्मती चाहिए बास्मती दिने ,
मार्सी खुवाउने ,जिरा मसिनो मिठ्ठो चामल खुवाउने
फलफुल ,सागपात, दलन तेलन साथै
पनिर , घिउ साथै मासु खुवाउने
अन्न उब्जाउने खुवाउने र पाल्ने
यसर्थ
मलाई पटक्कै नबिर्स है

Advertisement

सरकार
म मजदुर
आगामी बजेटमा
मेरा कुरा पनि राख है
मलाई काम देउ खान पुग्ने ज्याला देउ
मेरा छोराछोरी पढाउन पुग्ने ब्यबस्था गर
म बिरामी हुदा पुग्ने केही त गर
म नै त हो नि
आफु झुपढीमा बसी
ति ठुला ठुला महल ,बाटो पुल पुलेसा सडक
सुरूङ ,खानेपानी बनाउने
यहा देखी उहा उहा देखी त्यहा सम्मको काम गर्ने
यो देशको रूप फेर्ने रङरोगन गरि सिङ्गारने
तिमी बस्ने घर नि मैले बनाएको हो नि,
आफु दुस्खी भए नि अरूलाई धनी बनाउने
यसर्थ
मलाई पटक्कै नबिर्स है।

Advertisement

सरकार
म बिधार्थी
आगामी बजेटमा
मेरा कुरा पनि समेट है
मलाई नचुहिने छानो मुनि पढन मन छ
मलाई त्यो बोर्डिङ को झै पढने मन छ
मलाई पढेर ढुलो मान्छे हैन
राम्रो मान्छे बन्ने मन छ
मलाई डाक्टर बन्न ईन्जिनियर पाईलट वकिल बन्न मन छ
मलाई देश हाक्ने राष्ट्रपती ,प्रधान मन्त्री बन्न मन छ
मलाई त्यो भन्दा बढी एक कुशल शिक्षक बन्न मन छ
मलाई सानालाई माया गर्ने र ठुलालाई आदर गर्ने
नैतिक शिक्षा पढने मन छ
मैले भुलिसकेको छु मेरा बा ले हलो जोतेको दुख गरेको,
मलाई निशुल्क पढने स्कुल देउ न कि निस्शुल्क भन्छौ
भित्र छिरेसी शुल्कै शुल्क मात्र रहेको हुन्छ
म नै हो नि
यो देशको कर्णधार
भोलि देश बिकासको खाका कोरी
समृद्ध नेपाल सुखी नेपाली बनाउने
यसर्थ
मलाई पटक्कै नबिर्स है

हुन त यहॉ
आदिवासी ,जनजाती, दलित, मुस्लिम ,लोपोन्मुख, पिछडिएको क्षेत्र,पिछडा वर्ग , दुर्गम ,महिला सबै सबै छन्
यी सबै भित्र
हामी छौ किसान ,मजदुर ,बिधार्थी।
यसर्थ
हाम्रा कुरा बजेटमा राख है सरकार
तिम्रो जय जयकार गरौला
सरकारको जय होस
सरकारको जय होस।
कृष्ण जी
बिर्तामोड – १०

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article