हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको गजल – ” मिलन “

कस्तो दिन आयो लौन आफ्नै घर आज जेल भयो
बिपत्तिलाइ पर राख्दा परिवारमा आज मेल भयो

Advertisement

शान्त छ वातावरण मसक्क मुस्कुराइछिन धर्ती मा
भ्रष्टाचारी र दुराचारीलाइ गत्तिलो आज नेल भयो

Advertisement

कोहि पैसामा तात्तिय कोहि भोगविलास्मा मात्तिय
सन्ततिलाइ तह लाउने तिम्रो गज्जबको खेल भयो

संसार हाँक्छु भन्दै फुर्ती लाउनेको कमि थिएन है
माखो मारेनन् सबै सस्त्र ,अस्त्र, बिज्ञान फेल भयो

बाँकि राखेनौ है कसैलाइ भित्र भित्रै थुनियो जगत
परिक्रमा गर्दै हिड्ने यो संसार मात्र तिम्रो भेल भयो

 ✍️दुर्गापाथा मगर -बुटबल,नेपाल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)