साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको गजल – ” मिलन “

कस्तो दिन आयो लौन आफ्नै घर आज जेल भयो
बिपत्तिलाइ पर राख्दा परिवारमा आज मेल भयो

शान्त छ वातावरण मसक्क मुस्कुराइछिन धर्ती मा
भ्रष्टाचारी र दुराचारीलाइ गत्तिलो आज नेल भयो

कोहि पैसामा तात्तिय कोहि भोगविलास्मा मात्तिय
सन्ततिलाइ तह लाउने तिम्रो गज्जबको खेल भयो

संसार हाँक्छु भन्दै फुर्ती लाउनेको कमि थिएन है
माखो मारेनन् सबै सस्त्र ,अस्त्र, बिज्ञान फेल भयो

बाँकि राखेनौ है कसैलाइ भित्र भित्रै थुनियो जगत
परिक्रमा गर्दै हिड्ने यो संसार मात्र तिम्रो भेल भयो

 ✍️दुर्गापाथा मगर -बुटबल,नेपाल

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)