हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालगन्ज मुस्लिम समाज मुलुककै राहत वितरणको नमुना

शाहिदा बानो – बांके का मुस्लिम युवाहरू आफै भोकै प्यासा रहि अरूको भोख प्यास मेटाउनका लागि चर्को घामको परवाह न गरि घर घर मा राहत बितरण गरेकाछन्। मानवजातिले मानवजातीको सम्मान पहिचान सदभाव एकता को संदेश दिदै हरेक समुदायका गरीब अस्हाय सबैलाई हजारौ हजार घर हरूमा राहत बितरण गर्दैआएकाछन्।

Advertisement

नेपालगंज मुस्लिम समाज बाके माऱ्फत सहयोग गर्ने सहयोगी दाता हरूको सहयोग मार्फत नेपालगंज मुस्लिम समाज बांकेले लगातार दुई महिना देखि ने.ग उपमहानगर पालिका का बिभिन्न वडा हरूमा राहत खाद्यान बितरण,गर्दै आएको छ। यसै कर्म मा जेष्ठ ७ गते देखि ९ गते सम्मा ५०० घरका अति बिपन्न गरीब अस्हाय अनाथ दैनिक ज्यालादारी तथा भाडा मा बस्ने हरूको खोजि गरि गरि उनकै स्थानमा ईदको शुभअवसरको उपलक्छयमा कोही गरीब अस्हाय भोख भोखै न रहुनको उदेश्य राखी राहत समाग्री सहयोग घर घर पुगेर सबै समुदायमा बितरण गरिएकोछ ।

Advertisement

आफनो जिउजानको परवाह समेत नगरि रोजा राखेर खाना पानी समेत न खlयेर निरन्तर राहत बाडऩे नेपालगंज मुस्लिम समाजका समाजसेवी अगुवा मुन्ना मंसुरी, मेराज अहमद हिमालय ,बाबु नेता सारीक अली ,वकील बाक्सर लगायतले रोजा राखेर भएपनि लगातार चर्को घाममा घर घर गएर राहत बितरण अभियान जारी राखेकाछन्।

सहयोगीदाता : अब्दुल वाहीद मंसुरी सगीर हल्वाई ,चांद बाबु हल्वाई ,लुकमान अंसारी, ज्याउल हक हल्वाई ,इम्तियाज सिद्दीकी तौसिफ, सिद्दीकी शरीफ बागवान ,जाहिद हल्वाई ,हाजी इनाम मंसुरी ,मोबीन पिंकु हल्वाई, रहमान मिया मुबारक राई, सहाबुद्दीन हल्वाई, अब्दुल जलील मंसुरी ,हाजी हकीम हल्वाई, हाजी मोबीन हल्वाई ,अब्दुल वाहिद अंसारी, जुबेर राई ,करीम खान ,मोहम्मद इस्हाक हल्वाई, जमील जसगढ ,हाजी सकील जसगढ, सिराजुल हसन अंसारी, खुर्शेद हल्वाई सराफत ,अली मंसुरी बाबु हल्वाई ,मेराज अहमद हल्वाई ,सकील हल्वाई फिरोज वारसी हल्वाई, सारीक अली रहेकाछन्।

उहाँ सबैलाई मुस्लिम आयोग अनुगमन समिति बांके का संयोजक अब्दुल हमीद सिद्दीकी द्वारा सहयोगी दाता हरूमा शुभकामाना मुबारकबाद तथा आउने दिन हरूमा समेत सहयोग रहि रहने आशा र बिश्वास गर्दछू अल्लाहपाकले सबै मनकारी मनहरूको हौसला बुलंद राखुन र इनको धन संम्पतिमा बृद्धी भै रहोस सबै किसीमको दुख परेशानी बाट मुक्ती पाउन भनि कामना गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)