समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जगद्गुरु रामानन्दाचार्य सेवा पीठमा क्वारेन्टाइन

संगम बिष्ट – ईटहरी /  स्थानियबासीले असहमती जनाएपनि वराहक्षेत्र–१ चतरा स्थित जगद्गुरु रामानन्दाचार्य सेवा पीठ परिसरको भवन लाई जिल्ला स्तरिय क्वारेन्टाइन बनाइने भएको छ । सेवापिठको योगा हलमा २ सय बेडको क्वारेन्टाइन बनाउन सुनसरी जिल्ला प्रसासन कार्यालयको माग अनुसार दिनै निर्णय भएको सेवापिठका अध्यक्ष गणेश सुव्वा बिरहीले बताएका हुन् ।

Advertisement

उनका अनुसार हलमा क्वारेन्टाइन बनाइने र ब्लक नम्बर सीको ६० कोठाको भवन सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि प्रयोग गरिने भएको छ । पीठ परिसरमा तीन वटा भवनमा कुल १३२ वटा कोठा छन् । यसअघि परिसरमा क्वारेन्टाइन राख्न स्थानीयबासी उठाएको स्वास्थ्य र सुरक्षाको व्यस्थापन प्रशासनले गर्ने ज्ञारेन्टी दिएकाले पीठले भवन उपलब्ध गराउने भएको अध्यक्ष सुब्बाले बताए ।

Advertisement

उनले भने ‘हामीले क्वारेन्टाइनको प्रस्ताव आउने बित्तिकै पहिलो सुरक्षाको राम्रो व्यवस्था हुन्छ भने मात्रै दिन्छौ भनेका छौ, खानेपानी र विद्युतको असुविधा रहेको बारेमा प्रमुख जिल्ला अधिकारीले आफै व्यवस्था गर्ने बताएका छन् ।’ बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोख्रेलले पीडको भवनमा नगरपालिकाको समन्वयमा प्रदेश र जिल्ला क्वारेन्टाइन बनाइने बताए । यसअघि बराहक्षेत्र नगरपालिकाले ३ वटा सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

यसअघि जिल्ला प्रशासनले पिठ लाई क्वारेन्टाइन बनाउने भवन माग गर्दा पठीले स्थानियबासी, राजनीतिक दलहरु संग उक्त बिषयमा छलफल गर्दा स्थानियवासीले असहमती जनाएका थिए । जेठ ५ गते पीठले जनप्रतिनिधि, राजनैतिक दल, समाजसेवीहरुको उपस्थितिमा छलफलको लागि भेला आयोजना गरको थियो । भेलमा स्थानियबासीहरुले पीठ नजिकै बस्ति र पीठमा सयौ अनुयायिहरु आउने जाने गर्ने भएकाले पिठमा क्वारेन्टाइन राख्न उपयुुक्त नहुने र त्यस्का लागि बैकल्पिक स्थानको खोजि गर्न आग्रह गरेका थिए ।

उनिहरुले पीठ आसपासको क्षेत्र स्थानियवासीको दैनिकि संग जोडिएकाले पीठमा क्वारेन्टाइन बनाए, स्थानियमा कोरोना सक्रमण भए चतरावासी नै सक्रमित हुने खतरा रहेकोमा ध्यानाकर्षण गराउ“दै गम्भिर रुपमा सोच्न आग्रह गरेका हुन् । छलफलमा स्थानियवासीले असहमती प्रकट गरेपछि जगद्गुरु रामानन्दाचार्य सेवा पीठले नजिकैको अनुमान मन्दिर दक्षिण एलएण्डटी प्रोजेक्ट बसेको स्थानमा क्वारेन्टाइन बनाउने र उत्तरतर्फ पीठ परिसरमा भने सुरक्षाकर्मी र चिकित्सक, स्वास्थ्यकर्मीको आवास राख्न सकिने गरी सहमती जुटाउन जिल्ला प्रशासन कार्यालय लाई आग्रह गरेको थियो । पीठमा अध्यक्ष बिरहीले भने ‘क्वारेन्टाइन नै बनाउन भवन माग भएपछि दिने निर्णय गरिएको हो ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article