साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता : ” प्रेम “

मेरा जीवन कथा का हरफ़हरु
एकाएक विच्छीन्न हुंँदै गयो,
कुनै वाक्य कतै छुट्यो होला
जसमा तिम्रो र मेरो पनि त
संयुक्त कथा त्यसैमा संलग्न थियो,
इतिहास ले सम्झने छ बारम्बार
पानाहरु छरपस्ट भएर के भयोरु
मुख्य पात्र त तिमी नै हौ कथा को
माधुर्य प्रेमको रसना गराउने,
सम्झिंदा सारा प्रत्यङ्ग रोमान्चित हुन्छ
अनी एकछिन आंँखा चिम्लींँदा
नीलाम्बर माथी माथी तरंगित हुन्छु,
जहाँ कोहि हुँदैनन खगोल मा
केवल साथमा भावनाहरु हुन्छन्,
म तिलस्मी जादु झैं हराउंँछु
अनी फेरि प्रेमान्जली को हात
अघी बढाउँदै स्वागतका लागी
व्यग्रता को साथ प्रतिक्षारत रहन्छु,
स्नेहिल जीवन यात्रा को दौरानमा
तिनै मोडहरू आज प्रश्न गर्दै छन,
सिमा रेखा भन्दा टाढा त गएनौ१
जहाँ बाट फर्केर कहिल्यै आउंँदैनन्
म सोचेर एकछिन स्तब्ध हुन्छु

Advertisement

अनी पुनः हराउँछु सपनीको संसारमा।

Advertisement

 – दयानन्द गौस्वामि

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article