साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कबिता : ” गिध्ध इमान्दार छ”

गिद्ध इमानदार छ
जिउँदो सिकार गर्दैन गिद्ध
प्रतीक्षा गर्छररुँगेर बस्छ
तर काठमाडौँले जिउँदो सिकार गर्छ
जब कोरोना आउँछ
काठमाडौँले जीवन र लास चिन्दैन
हाँडाभाँडा फालिदिन्छ छिँडीबाट
र यो देशको शरणार्थी
लखेटिन्छ उतै देहाततिर ।

Advertisement

बिसुनाकी दुधे नानी
राजापुरको आकाशमाथि
माछागढको कालोपत्रे सडकहुँदो
आँखा तानेर हेर्छे
तर घरछेउको चौरीमाथि
उड्दै – उड्दैन चिलगाडी
बिसुनाका लागि
हठनीदेवीको खसमका लागि
कोहलपुर – अत्तरिया सडकतिर
गुड्दै-गुड्दैन मोटरगाडी
चिलगाडीले बोक्न त बोक्छ
गोरा बोक्छर सेठजी बोक्छरमन्त्राणी बोक्छ
तर निर्दयी वायुपङ्खी घोडाले
सोमलाको बाबा बोक्दै बोक्दैन ।

Advertisement

जब सकिन्छ मामदमारको गुन्द्रुक
सकिन्छन् ढुसी परेका मुलाका चाना
भूकम्प होस् वा कोरोना
जब बन्द हुन्छन् भक्तपुरका इँटाभट्टा
दोजिया फूलमती
अनिकालको लाठीले लखेटिन्छे
नबोली-नबोली सिकार गर्छ काठमाडौँ
तर गिद्धले जिउँदो सिकार गर्दैन
गिद्ध इमानदार छ ।

अपार्टमेन्टहरू / डिपार्टमेन्टहरू /ओम्नीहरू
यत्रतत्र छन् काठमाडौँमा
ताःननी गल्लीतिर / महापालतिर / किलागलतिर
काठमाडौँ छैन
गल्ली छन्ज्यारपु छन्ज्यारमी मात्रै छन्
सोमलाको बाबा बोक्न
जन्मेकै छैनन् ‘राइट ब्रदर्स’
फूलमतीका लागि
आविष्कार भएकै छैन वाष्प–इन्जिन
यो सोह्रौँ शताब्दी हो
दुधे बच्चा काखी च्यापेर रामकली
हेरिरहन्छे लहान–राजविराज सडक
तर बिसुना
मौवा खोलामा रोकिन्छ
बन्द छ युरोप छिर्ने बन्दरगाह
बिसुनाहरू सियाली हुन्

काठमाडौँ र भरतपुर टर्की हुन्
त्यसैले बन्द गरिएको छ
युरोप छिर्ने ढोका ।

जब खुल्नेछन् चन्द्रागिरिका इँटाभट्टा
काठमाडौँले रङ बदल्नेछ
र देहाती अफ्रिकीहरू
चियारकफीरउखुरभरिया फलाउन
फेरि ओसारिनेछन्
र भरिनेछन् फेरि
ताराताल(काठमाडौँका थोत्रा बस
फेरि सुरु हुनेछ मानव – बधशाला
तर गिद्धले जिउँदो सिकार गर्दैन
गिध्द इमान्दार छ ।
– अनिल शर्मा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article