साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

म परदेशी

कृष्ण

म परदेशी
परदेश आएको
धेरै दिन -रातहरू बितेछन्
म परदेश हिड्दा
सरकार अर्कै थियो
मन्त्रि पनि अर्कै थिए
काम कुरा तौर तरिका
सबै अर्कै अर्कै थियो
तर
मैले सुनेको
सरकार बहुमतको छ रे
आज अर्कै भएछ बहुमतको बनेछ
सांसद पनि धेरै ,बहुमतको प्राप्त छ रे !
यसर्थ सरकार सक्षम र दर्हो छ रे।

Advertisement

सरकार
म परदेशी
रोग ब्याधले संसार छोप्यो।
लक डाउन पनि महिनौ बितेछ
म आज अभरमा छु, म संकटमा छु
मलाई यहा बस्न गार्हो छ
कहिले भोकै त कहिले प्यासै छु
कहिले बाटोमा सुताई त कहिले पुलिसको कुटाई
बिरामी हुदा सार्हो छ बाहिर निष्कन गार्हो छ
म स्वदेश आउन चाहन्छु रमाउन चाहन्छु
मातृभुमीको सुगन्ध लिन चाहन्छु।

Advertisement

सरकार
सहज हुॅदा
मैले पठाएको रेमीट्यान्सले
धेरै काम गर्यौ अरे,
तिमीले पुल बनायौ ,बिधुत निकाल्यौ
बाटो बनायौ ,सुरूङ खनायौ,
अस्पताल ,स्कुल ,पुल साथमा कुलेसा बनायौ
जे जति गर्यौ देश लाई अगाडी बढायौ
बिकास गर्यौ फलायौ फुलायौ
देशको विकास गर्यौ गरायौ
नहुनेलाई सहयोग गर्यौ
बिरामीलाई उपचार गर्दै पनि छौ रे।

तर
मलाई
किन बिर्सियौ
मलाई आमा भन्नुहुन्छ छोरा कहिले आउछौर ?
बा भन्नु हुन्छ छोरा सुरक्षित छौ नि !
छोरा भन्छ बा कहिले आउने र ?
छोरी भन्छिन बा के ल्याउने र ?
पृय भन्छिन के छ खबररुसज्चै हुनुहुन्छ नि ?
दाजु भाई भन्छन के गर्दैछ केटोर ?
छिमेकी भन्छन्
के छ कृष्णको खबर ?
नेतालाई सोध्छु र जवाफ आउछ
पहल हुदैछ ।

के जवाफ दिउ सरकार
हुन त तिमीलाई सार्हो गार्हो होला
अमेरिका बेलायत अष्टेलिया जापान
जस्तो बलियो र सक्षम छैनौ थाहा छ मलाई
कहॉ कहॉ बाट ल्याउ
कहॉ कहॉ जाउ भयो होला
कसो कसो गरौ के के गरौ
भयो होला
तर
सरकार
के हामी मातृभुमी नफर्कौ
के हामी माटो को सुगन्ध नलिउ
तो झरना त्यो छागो को कल कल पानी नपिउ
त्यो चिप्लेटि ढुङ्गामा बसेर उत्तरमा हिमाल
दक्षिणमा अन्नको भण्डार तराई नहेरौ।

सरकार
म परदेशी
मलाई
आमाको कोमल हात गोडा समाई सुमसुम्याउन मन छ
बा लाई प्रणाम गर्ने मन छ
बच्चा बच्चीलाई माया दिन मन छ
आफ्नी प्यारीलाई नगिच बाट
हाई भन्ने मन छ
मलाई मेरो घरको कौशीमा बसेर
बाल बच्चा खेलेको हेर्ने मन छ
मलाई माली गाईको दुध खाने मन छ
बारीको कान्ला घुम्ने मन छ
बारीको साग र अकबरे खुर्सानी
आपको अचार
रायोको गुन्द्रुक कोदोको ढिडोखाने मन छ
यो आषाढमा
खेतको सुगन्ध लिदै आली लगाउने
बाजा गाजा सहित बेठी लगाई धान रोप्ने मन छ
खेतमा धानका बाला लहलहाउदै फलाउने मन छ।

यसर्थ
सरकार
म परदेशी
मलाई
चाढै लैजाउ है
स्वदेशमै बाच्न चाहन्छु,
स्वदेशमै केही गर्न चाहन्छु,
स्वदेशमै रम्न रमाउन चाहन्छु।

(बिदेशमा रहेका भाई बहिनी प्रती समर्पित)
कृष्ण जी
बिर्तामोड-१०

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article