हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

२२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार ,एकजनालाई पक्राउ

रासस ,भक्तपुर – कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् ।

Advertisement

मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

Advertisement

गिरीले यही ८ गते बेलुका युवतीलाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर आफ्नै कोठामा लगेर बलात्कार गरी आफ्ना साथी कवाङ लामासहित चारजनालाई बोलाई रातभरि बन्धक बनाएर पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

पीडित युवतीले यही जेठ ९ गते बिहान महानगरीय प्रहरी वृत्त ठिमीमा जाहेरी दिएपछि प्रहरीले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भई मध्यपुरथिमि–६ पुरानो थिमि बस्ने २९ वर्षीय कवाङ लामालाई पक्राउ गरेको उनले जानकारी दिए ।

प्रहरीले आइतबार जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको र फरार अन्य चारजनाको खोजी भइरहेको जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)