समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतबाट साढे दुई महिनामा आए ५ लाख ७८ हजार नेपाली

काठमाडौं, जेठ १२ । गत २५ फागुनदेखि १० जेठसम्म रोजगारी, उपचार तथा तीर्थाटनसहित विभिन्न कामका लागि भारत पुगेका ५ लाख ७८ हजार २ सय नेपाली स्वदेश फर्किएका छन् । विभिन्न कामको सिलसिलामा भारत पुगेका उनीहरू विश्वभर कोरोना संक्रमणको सन्त्रास बढेसँगै स्वदेश फर्किएका हुन् ।

Advertisement

गृह मन्त्रालयको तथ्यांकअनुसार २५ फागुनदेखि ११ चैतसम्म सबैभन्दा बढी नेपाली भारतबाट विभिन सीमा नाका हुँदै नेपाल प्रवेश गरेका छन् । ११ चैतमा सरकारद्वारा देशभर लकडाउन घोषणा गरिएको थियो ।

Advertisement

गृह मन्त्रालयका उपसचिव परमानन्द घिमिरेले गत २५ फागुनदेखि १० जेठसम्मको ७७ दिनको अवधिमा ५ लाख ७८ हजार २ सय नेपाली भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेको जानकारी दिए । यसरी आउनेहरूमध्ये अधिकांश लकडाउनअघि अर्थात् २५ फागुनदेखि ११ चैतसम्म आएका छन् । राजधानी दैनिकबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article