हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीका २ क्वारेन्टाइनमा ११ जना ,सबैको पि. सि . आर रिपोर्ट नेगेटिभ

हल्दिवारी l हल्दिवारी गाउँपालिकामा गरिएको पि. सि. आर . ( स्वाब )टेस्टको रिपोर्ट सबैको नेगेटिभ आएको छ। गाउँपालिका स्वास्थ शाखाले दिएको जानकारी अनुसार ४९ जनाको स्वाब परिक्षण गरिएको थियो ।

Advertisement

उनिहरु सबैको पि. सि. आर रिपोर्ट नेगेटिभ आएको हो । पहिलो चरणमा ३८ जनाको चेकजाँच गरिएको थियोे भने दोस्रो चरणमा ११ जनाको स्वाब चेकजाँच गरिएको स्वास्थ शाखा प्रमुख पुस्कर निरौलाले बताउनु भएको छ।

Advertisement

त्यस्तै क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका ८९ जनाको पहिलो चरणमा Rapid Diagnostic test गरिएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । वैदेशिक रोजगारी बाट फर्किएका ति युवाको रिपोर्ट पोजेटिभ आएपछि उनिलगायत ३८ जनाको पि. सि. आर टेस्ट गरिएको थियोे ।

गाउँपालिकाले संचालन गरेको वडा नम्बर २ को स्वास्थ चौकीमा रहेको क्वारेन्टाइनमा १७ जना बसेर घर फर्किएका छ्न भने हाल ९ जना रहेको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक सागर पोर्तेलले जानकारी दिएका छ्न ।पोर्तेलका अनुसार जनजागृती माविमा रहेको क्वारेन्टाइनमा भने ६ जना रहेका र सबैको पि. सि. आर रिपोर्ट नेगेटिभ आएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)