हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्वास्थ्यमन्त्री ढकाल होम क्वारेण्टाइनमा

कमला भट्टराई/ भद्रपूर। कोरोना संक्रमितसँग सम्पर्क भएको थाहा पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका छन् ।

Advertisement

मन्त्रालय स्रोतका अनुसार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक जना बिरामीलाई अस्पतालमै मन्त्री ढकाल भेट्न गएका थिए। ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड—१९ पोजेटिभ देखिएको थियो ।

Advertisement

ती महिलालाई अहिले शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा सारिएको छ । ती महिलालाई कोरोना संक्रमण पुष्टि हुनुअघि भेट गरेको आधारमै मन्त्री ढकाल होम क्वारेण्टाइनमा बसेका हुन् । उहाँको आफन्त पर्ने भएकाले कोरोना पुष्टि हुनु दुई दिनअघि भेट्न जानुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो , ‘संक्रमित बिरामी भेटेको थाहा पाएपछि मन्त्री आफैं सतर्क भएर क्वारेण्टाइनमा बस्नुभएको हो ।’

मन्त्रालय स्रोतकाअनुसार ढकाल ५ दिनदेखि मन्त्रालय पनि आएका छैनन् । यसअघि उनी शनिबारसमेत मन्त्रालय आउने गरेका थिए । मन्त्री ढकालको स्वाब मंगलबार विहान (आज) लिइएको छ । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको ५ देखि ७ दिन भित्रमा स्वाब लिएर जाँच गर्दा गुणस्तरीय रिपोर्ट आउने भएकाले आज उनको स्वाब लिइएको हो । जसको रिपोर्ट साँझसम्म आउने स्रोतले जानकारी दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)