स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापाको निर्वाचन क्षेत्र  नम्बर ३ मा कोरोनाको जोखिम उच्च , पुग्यो संक्रमितको संख्या ७६

हल्दिवारी , बिनोद कुमर दाहाल ।झापाको भद्रपुरमा पनि  कोरोना संक्रमित फेला परेको पुस्टि् भएको छ

Advertisement

भद्रपुर नगरपालिका–५ स्थित शङ्कर टोल बस्ने ३७ वर्षीय पुरुषमा कोरोनाभेटिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

Advertisement

भद्रपुर गलगलिया नाकाबाट लुकिछिपी प्रवेश गरेका उनलाई सोजै क्वारेनटाइनमा लगेर राखिएको थियो । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

योसँगै झापाका कोरोना संक्रमित हुनेको संख्या ८० पुगेको छ भने क्षेत्र  नम्बर ३ मा मात्र संक्रमित संख्या ७६ पुगेको छ।

बिहीबार मात्रै झापाको कचनकवलमा २५ जनामा संक्रमण पुष्टि भएको थियो भने भद्रपुरमा १जना पुष्टि भएको हो ।

कचनकवल गाउँपालिकामा ७३जना  ,बाह्रदसि गाउँपालिका २ जना तथा भद्रपुर नगरपालिका १ जना गरि यो क्षेत्रमा  मात्रै ७६ जना कोरोना भाइरस संक्रमितहरुको पुष्टि भएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article