समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीका थप २७ जनाको स्वाब परिक्षण हुदै ,४९ जनाको रिपोर्ट नेगेटिभ 

हल्दिवारी – १६ जेठ । हल्दिवारी गाउँपालिकाका २७ जनाको शुक्रबार स्वाब ( PCR)  परिक्षणको लागी स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले हल्दिवारी डटकमलाई बताउनु भएको छ।

Advertisement
भारतबाट जेठ ९ गते यता नेपाल आएका उनिहरुको वडा नम्बर १ मा रहेको जनजागृती मावी तथा वडा नम्बर २ मा रहेको स्वास्थ चौकीमा रहेको क्वारेन्टाइन रहेकाहरूको स्वाब संकलन गरि पठाइएको निरौलाले बताउनु भएको छ।
यस अगाडि गरिएको  ४९ जनाको स्वाब परिक्षण तथा ८९ जनाको -र्यापिड टेस्ट  नेगेटिभ आएको थियोे भने एक जनाको र्यापिड टेस्ट पोजेटिभ देखिएको थियोे ।
हाल सम्म हल्दिवारी गाउँपालिका कोरोना संक्रमण जोखिमबाट मुक्त रहेको छ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article