हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका खुल्ला

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ। समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आधिकारिक रुपमा आउन दिने निर्णय गरेको हो।

Advertisement

स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए। यसभन्दा पहिले नेपालीहरु लुकिछिपि नेपाल प्रवेश गरिरहेका थिए।

Advertisement

उनकाअनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)