हल्दिवारी – झापाको हल्दिवारी -४ मा रहेकोे किरातेश्वर शिव मन्दिरको २३ औं बार्षिक उत्सवको अवसरमा ” अग्निमहापुराण धनधान्याञचल ज्ञानमहायज्ञ ” यहि माघ १ गतेदेखि ९ गतेसम्म हुने भए भएको छ ।

कोरोना महामारीलाई समेत मध्यनजर गर्दै अग्नि पुराण लगाउने निर्णय गरिएको मन्दिर समितिका अध्यक्ष पण्डित सोमनाथ सुबेदीले जानकारी दिएका छ्न ।

हिन्दु धर्मका अनुसार महामारी हुँदा अग्नि देवताको पुजा आराधना गर्दा फाइदा पुग्ने भएको र हाल कोरोना महामारीले विश्व लाई नै संकटमा पुर्याएको अवस्थामा समग्र मानव जातिको उदारका लागि अग्नि पुराणको आयोजना गर्न लागिएको हो ।

बिगत १३ बर्षदेखी बर्सेनि महापुराण लगाउदै आएको मन्दिर समितिले यसपालि पनि पुराण लगाउन स्थानीय युवा समाजसेवी सैलेन्द्र सिटौलाको संयोजकत्वमा ९ सदस्य अग्नि पुराण आयोजक समिति गठन गरेको छ।

समितिमा देहायका महानुभाव रहनु भएको छ – संयोजक – सैलेन्द्र सिटौला सदस्य हरु – गितादेबी तिम्सिना ,नवराज खरेल ,देवि प्रसाद ओलि ,नवीन मैनाली ,काजिमान घिसिङ , भूषण खरेल ,पवन चुडाल तथा सदस्य सचीव भिम नारायण ढकाल रहनु भएको छ भने सचिवालय सचीवको जिम्मेवार मन्दिर समितिका सचीव मुकुन्द ढकाललाई जिम्मेवारी दिईएको छ ।

हल्दिवारीका युवा पण्डितहरु सुजन सुवेदी र दिनेश सुबेदीले ९ दिनसम्म अग्नि पुराण मार्फत भक्तजनलाई प्रवचन दिनु हुने समेत बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार