हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एआइजी पदमा बढुवा भएका सहकुल थापालाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौँ, २७ असार- नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० पदमा बढुवा हुनुभएका सहकुल थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षक ९डिआइजी० पदबाट एआइजी पदमा बढुवा गर्ने निर्णयअनुसार आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले थापालाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

Advertisement

कार्यक्रममा महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिपछिको नयाँ जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिनुभयो । सङ्गठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने महानिरीक्षक थापाको भनाइ थियो ।

Advertisement

कार्यक्रममा पदोन्नति हुनुभएका थापाले नेपाल सरकार एवं प्रहरी सङ्गठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ सङ्गठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू बोलाइभन्दा गराइमा विश्वास गर्ने भएकाले आफ्नो वुद्धि, विवेक र इमान्दारिताका साथ सङ्गठनको श्रीवृद्धिमा लाग्ने उहाँको भनाइ छ । (रासस)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)