हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

शेयरबजारमा हरियाली, साढे पाँच अर्ब रुपैयाँको कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । जीवन बीमाबाहेक अरु सबै समूहको शेयर बढेपछि नेप्से १६ दशमलव ३४ अङ्कले बढेर दुई हजार आठ सय ७१ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ ।

Advertisement

बैंकिङ्ग समूहको शेयर १४ अङ्कले विकास बैंक समूहको शेयर ७० अङ्कले, व्यापारको आठ, होटलको १९, उत्पादनको पाँच र अन्य समूहको शेयर आठ अङ्कले बढेको छ । यस्तै जलविद्युत समूहको शेयर १४ अङ्कले, फाइनान्सको ९३ अङ्कले, माइक्रोफाइनान्सको ३४ अङ्कले र निर्जीवन बीमा समूहको शेयर १४ अङ्कले बढेको छ । दुई सय २३ कम्पनीका एक करोड २३ लाख कित्ता शेयर पाँच अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

Advertisement

सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ४५ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सेन्ट्रल फाइनान्ससहित ६ वटा कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)