नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ। । बैठक आज दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बोलाइएको छ। विहीबार नै बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्तताले आजका लागि सारिएको थियो। बैठकमा महाधिवेशन कार्यतालिका हेरफेरको प्रस्ताव पदाधिकारी र पूर्व पदाधिकारीमा लैजाने तयारी गरिएको छ।

तर, सर्वोच्च अदालतले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि बैठक स्थगित गरिएको थियो। त्यसपछि विहीबारका लागि बोलाइएको बैठक पनि शुक्रबारसम्मका लागि सारिएको थियो। बैठकमा कार्यतालिका हेरफेरको प्रस्ताव पेश बताइएको छ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएकोमा कार्यतालिका फेरि हेरफेर गर्न लागिएको हो। क्रियाशील सदस्यता छानबिनको काम नसकिएपछि कार्यतालिका हेरफेर गर्ने तयारी गरिएको एक नेताले जानकारी दिए। असार ४ गते बसेको केन्द्रीय समिति बैठकले भदौ १६ बाट महाधिवेशन सुरु गर्ने गरी कार्यतालिका पास गरेको थियो।

‘महाधिवेशनमा मत क्रियाशील सदस्यले हाल्ने हो। अब मतदाताको अन्तिम टुंगो नै लाग्न सकेको छैन। त्यसैले तल्ला तहका अधिवेशन सार्ने तयारी भइरहेको छ,’ ती नेताले भने। उनका अनुसार भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने मिति यथावत् रहनेछ। तर, वडादेखि प्रदेश अधिवेशनसम्मको मिति भने हेरफेर गरिनेछ।

असार ४ गतेको केन्द्रीय समितिले साउन १२ गते गाउँ र नगर अधिवेशन, साउन १६ गते गाउँ र नगरपालिका अधिवेशन गर्ने गरी मिति तय गरेको थियो। यस्तै साउन २० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गर्ने तय थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार